नियम
क्षेत्र विभाजन

(१) नेपाल सरकारले विफर नियन्त्रण कार्यक्रमका प्रमुखसँग सल्लाह गरी खोप्ने कार्यको निमित्त क्षेत्रको विभाजन गर्नेछ र प्रत्येक क्षेत्रको निमित्त आवश्यकता अनुसार एक वा सोभन्दा बढी सुपरिटेण्डेण्ट नियुक्त गर्नेछ ।
(२) उपनियम (१) बमोजिम क्षेत्र विभाजन गरिएपछि सुपरिटेण्डेण्टले त्यस्ता क्षेत्रमा खोपाउने ठाउँहरू कायम गर्नेछ ।
(३) उपनियम (२) अन्तर्गत कायम गरिएको खोप्ने ठाउँ वा त्यसको नजिकमा सर्वसाधारण जनताले देख्ने गरी अनुसूची–१ मा लेखिए बमोजिमको ठूलो संकेत पाटी (साइनबोर्ड) टाँगिनेछ ।